पोखरा । स्वास्थ्य निर्देशानालय गण्डकीले बुधबार बिहान सार्वजनिक गरेको विज्ञप्तीमा गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना भाईरस (कोभिड १९) पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा गण्डकीमा ४ जिल्लामा संक्रमण देखिएको हो ।

कास्की २९ जना, गोरखा १३ जना, तनहुँ ५ जना र बागलुङमा ३ जनामा संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यससंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार १ सय ६६ जना पुगेको छ । तीमध्ये १ हजार ९ सय २ जना निको भएका छन् । प्रदेशभर ३१ जनाको मृत्यु भएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय