काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा ल्याउने भएको छ ।

बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो र व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।

यसअघि सोमबार मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिँदा मन्त्रीहरुले असोज ५ गतेदेखि सार्वजनिक यातायात खुला गर्ने जानकारी दिएका थिए । तर सुनाउने क्रमममा मन्त्री ज्ञवालीले असोज १ देखि नै यातायात सञ्चालन हुने जानकारी दिएका हुन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय