काठमाडौँ । सोमबार ४ सयले बढेको सुन मंगलबार ६ सयले बढेको छ । दुई दिनमै सुन तोलाको एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ९७ हजार ५ सय कायम भएको छ । सोमबार ९६ हजार ९ सयमा कारोबार भएको थियो ।

छावापाल सुनको मूल्य बढ्दा मंगलबार तेजाबी सुन पनि ६ सयले नै बढेर ९७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अघिल्लो दिनभन्दा तोलाको २० रुपैयाँ महँगिएर मंगलबार चाँदी १ हजार ३४० रुपैयाँमा किनबेच भइरहेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय