काठमाडौँ । भारतले प्याज निर्यात रोके लगतै नेपाली बजारको यसको असर देखिन थालेको छ । थोक बजारमा प्याज पाउन छाडुयो पाएको प्याजको मुल्य पनि महँगो लिने गरेको पाईएको छ ।

भारतबाट प्याज केही दिनदेखि नआएकोले नेपालमा अभाव हुन थालेको व्यापारीहरुले बताएका छन् । काठमाडौँको बानेश्वरका एक थोक तरकारी ब्यावसायीले बजारमा आलु – प्याज होलसेलमै पाउन छोडेको बनाउछन ।

उनका अनुसार कुनै व्यापारीसँग भएको प्याज पनि महँगोमा बिक्री भइरहेको छ । केही दिनअघि ५० रुपैयाँको हारहारीमा रहेको एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी पुगेको उपभोक्ताहरू बताउँछन् । भारत सरकारले प्याजको मूल्य अत्यधिक बढेको भन्दै निर्यात बन्द गरेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय