काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले पहिलो चरणमा पाँच महिना लामो लकडाउन गर्यो । संक्रमितको संख्या नियन्त्रणभन्दा बाहिर जान थालेपछि अहिले विभिन्न ठाउँमा निषेधाज्ञा लागू गरिएको छ । जसले गर्दा धनाड्यदेखि श्रमिकसम्म घरमा थुनिएका छन् । यसले देशमा ठूलो संख्यामा बेरोजगारी जन्माएको छ ।

एकातिर देश कोरोनाले अस्तव्यस्त बनेको छ भने अर्कोतिर तराईमा बाढी र पहाडी तथा उच्च पहाडी जिल्लामा पहिरोका घटना बढेका छन् । लकडाउन भएपछि विहान बेलुका हातमुख जोर्न समस्या भएका चलचित्र प्राविधिकलाई ५ लाख बराबरको खाद्यन्न सहयोग गरेका अभिनेता पल शाह निषेधाज्ञामा बाढी पहिरो पीडितलाई राहत वितरण गर्न अगाडि सरेका छन् ।

केही हप्ताअघि कालिकोटका बाढी पहिरो पीडितलाई राहत सामाग्री वितरण गरेका पल बाग्लुङका बाढी पहिरो पीडितलाई सहयोग पुगेका हुन मंगलवार आफ्नो आधिकारिक फेसबुक पेजमा चामलको बोरा बोकेको र आँबु खैरेनीको झरनाको आडमा खाना खाइरहेको तस्विर शेयर गरेका थिए । पललाई राहत वितरणमा सघाउन अहिलेका चल्तीका मोडल तथा गायक दुर्गेश थापा पनि बाग्लुङ पुगेको जानकारी छ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय