पर्वत । रातभरको अबिरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा निर्माणधिन मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्ड अवरुद्ध भएको छ ।

सडकखण्ड अन्तर्गत कुश्मा नगरपालिका ८ चुवाको भीर, कुश्मा नगरपालिका ४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका १ सहस्रधारामा बन्द भएको हो । हिजो आइतबार पहिरो खस्दा बन्द भएको सडक बेलुका मात्रै एकतर्फी सञ्चालन भएको थियो ।

आज सहस्रधारामा सडक माथिबाट भेलसहितको पहिरो आएपछि सडकको ५० मिटरभन्दा बढी भाग पुरेको छ भने सडक बन्द भएपछि गाडी र यात्रु सडकमा नै अलपत्र परेका छन् । पहिरो खसिरहेका कारण सर्वसाधारणले हिँडेर समेत वारपार गर्न पाएका छैनन् ।

सडक सञ्चालनका लागि निर्माणाधीन मध्यपहाडी लोकमार्ग आयोजनामा रहेका उपकरणको प्रयोग गर्ने तयारी गरे पनि पहिरो खसिरहेका कारण तत्काल काम सुरु गर्न नसकिएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख कृष्णबहादुर खड्काले बताए ।

चुवा, दोविल्ला लगायतका ठाउँमा भने सडक खुलाउने काम भइरहेको उनले बताए । कोरोना महामारीका कारण अत्यावश्यक बाहेकका गाडी सञ्चालनमा रोक लगाइएका कारण गाडीको चाप नभए पनि खाद्यान्न ढुवानीसँगै बिरामी र एम्बुलेन्सलाई समस्या भएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय